
दैलेख बैशाख ३१ ।
दैलेखको दुल्लू नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।
नेकपा एमालेका तर्क बहादुर खड्काले ५ सय ९७ मत प्राप्त गरी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार नयाराम थापाले ३ सय २५ मत प्राप्त गरेका छन् ।
नगर प्रमुखका पनि एमाले अगाडी
जारी मतगणना अनुसार १ हजार ५० मत गणना गर्दा मेयर पदका उम्मेदवार रुद्र शाहीले ५ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत रिजालले ३ सय ८० मत प्राप्त गरेका छन् । शाही र कांग्रेस उम्मेदवार बीचदुई सयको मतान्तर रहेको छ ।
प्रमुख एमाले ५४२
कांग्रेस ३८०
उपप्रमुख एमाले ५३६
कांग्रेस २८०
विजयी प्यानल
वडाअध्यक्ष ५९७
वडा महिला सदस्य ५४६
दलित महिला सदस्य ५३९
सदस्य ५५६
सदस्य ५३४










